भूकम्पपछि भन्दा ठुलो मानसिक समस्या आउन सक्छ (भिडियो सहित)

तर्कबहादुर थापा
२५ वैशाख २०७७ २०:११

काठमाडौं । यतिबेला कोरोनाका कारण विश्वकै जनजीवन प्रभावित भएको छ । संसाकै शक्तिको केन्द्र मानिने अमेरिकाको जनजीवन समेत प्रभावित प्रभावित भएको यो बेला नेपालमा पनि कोरोना कहरले जनजीवन प्रभावित भएको छ ।

विकाशोन्मुख देश नेपालमा कोरोनाको कारण लकडाउन २ महिना पुग्न लागेको छ । सरकारले फेरि नथपेसम्म जेठ १० गते ठिक २ महिना पुग्ने छ । गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनका कारण घरभित्रै बस्न बाध्य भएका छन् । दिनभरी काम गरेर खाने वर्गको बहुमत भएका हाम्रो जस्तो देशमा २ महिनाको लकडाउनका कारण धेरैमा मानसिक समस्या आउने देखिन्छ ।

‘लकडाउनपछि नेपालीमा सबैभन्दबढी आर्थिकका कारण मानसिक समस्या पर्न सक्छ।’ विभिन्न कलेजहरुमा मनोविज्ञान अध्यापन गराइरहेका मनोविद् शुलभराज उपे्रतीले डिसी नेपालसँग भने, ‘हामी दिनभरी काम गरेर खाने वर्गको बाहुल्यता भएका देशमा छौं, कुनै न कुनै ठाउँबाट सबैमा ऋण छ। लकडाउन र यसपछिको समयमा मानिसहरु ऋणका कारण मानसिक समस्यामा पर्ने निश्चित छ।’

भूकम्पपछि परेको मानसिक समस्याका बारेमा काम गरेको अनुभव सुनाउदै उप्रेतीले भने, ‘भूकम्प त केही जिल्लाहरुमा मात्र बढी असर गरेको थियो।, हामीले ती जिल्लाहरुमा मात्र परामर्श दिएका थियौं तर, कोरोनाका अवस्था फरक छ। विश्वमा यसको प्रभाव त छदै छ । नेपालकोमात्र कुरा गरौं भने पनि धेरैको रोजगारी गुम्छ। काम नपाउने अवस्था आएपछि उनीहरुमा मानसिक समस्या आउन सक्छ।’

मानसिकरोग सँग सम्बन्धित निजी संस्थाहरुले अन्लाइनबाट भएपनि अहिले परामर्श दिने काम जारी गरेका छन् । उनले भने, ‘सरकारले कोरोनापछिको अवस्थामा जनजीवन सामान्य अवस्थामा लैजाँदा मनोपरामर्शमा पनि ध्यान दिन जरुरी छ।’ मनोविद् उप्रेतीले भने, ‘सरकारले यस विषयमा ध्यान दिएन भने नेपालमा कोरोनापछि मानसिक समस्या बढ्ने देखिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *