कोरोनाभाइरसः ‘फ्रन्टलाइन’मा खटिनेहरुलाई सुरक्षा सामग्री वितरण गर्दै समाजसेवी भण्डारी
काठमाडौं। विश्वव्यापी रूपमा महामारीको रूपमा फैलदै गरेको कोरना भाइरसले विश्वभरी लाखौं मानिसहरूको ज्यान मात्रै लिएको छैन मानव जीवन नै संकटमा परिरहेका बेला समाजसेवालाई आफ्नो धर्म ठान्नेहरुले भने दीन दुःखी र विपन्नहरुलाई सकेको सहयोग रिरहेका छन् । यस्तै एउटा उदाहरणीय पात्र हुन भद्रा भण्डारी ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी भण्डारीले जोखिम मोलेरै भए पनि खाद्यान्न मास्क पिपिइ पन्जा लगायत सुरक्षा सामग्रीहरु बितरण गरिरहेकी छिन् । उनले यसरी सुरक्षात्मक सामग्री वितरणमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई प्रमथमिकता दिएको बताएकी छिन् । बारम्बार लक डाउन थप भैरहँदा यसबाट प्रत्यक्ष प्रभाव दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू, वृद्धवृद्धाहरू, विद्यार्थीहरू, बाल बालिकाहरू, अशक्त र असहाय महिलाहरूका साथै विपन्न वर्गहरूलाई अझ बढी प्रभावित बनाएको छ ।

स्थानीय सरकारको पहलमा राहत वितरण भएता पनि पर्याप्त हुन नसकेको र परिचय विहीन वर्गले राहत नै प्राप्त नगरेको र त्यस्ता वर्गका भोका पेटहरूको लागि आ–आफ्नो टोलमा स्थानीय सामाजिक संघ संस्था र क्लवहरूले निःशुल्क भोजनको व्यवस्था गरेर विभिन्न सामाजिक अभियन्ता र संघ–सस्थाहरुले उदाहरणीय काम गरेका छन् ।

काठमाडौं–३२ कोटेश्वर अन्तर्गतका ठाउँहरूमा सेतीओपी युवा क्लव, कोटेश्वर समाज सुधार युवा क्लव, शुभकामना मार्ग कोटेश्वर, पेप्सीकोला सिनामंगल मंदिर र गौरी शंकर पार्टी प्यालेस नरेफाँट लगायतले सहयोग गरिरहेका छन् ।
समाजसेवी भण्डारीले फ्रन्टलाइनमा काम गर्नेहरुलाई सुरक्षा सामग्री वितरणलाई प्रथामिकता दिएकी छिन् । खासगरी सयौं पीपीइ उनको हातबाट वितरण भैरहेको छ । काठमाडौमा यसरी पिपिइ बितरण गर्ने उनी सम्भवतः पहिलो महिला अधिकारकर्मी हुन् । सो अभियानलाई युवा व्यवसायी कुमार भण्डारीले पनि सहयोग पुर्याइ रहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment