संसारभर कोरोना भाइरसले लियो ७८ नेपालीको ज्यान, ५ हजार ५ सय भन्दाबढी संक्रमित

डिसी नेपाल
२८ वैशाख २०७७ ७:४०

काठमाडौँ । शनिबार साँझसम्म कारोना भाइरस (कोभिड–१९) कारण संसारभर रहेका ७८ जना नेपालीको ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले संसारभर कोरोना भाइरसले लियो ७८ नेपालीको ज्यान, ५ हजार ५ सय भन्दाबढी संक्रमित भएको डिसी नेपाललाई जानकारी दिए ।

स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको उनले बताए ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

जसमध्ये न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट ९यूएर्इ० मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा। संजिव सापकोटाले जानकारी दिए ।

कोरोना संक्रमणका कारणले निधन हुनेमा गत हप्ताको तुलनामा ५ जना थपिएका छन् त्यस मध्ये युके २, स्वीडेन १, बहराइन १ र यूएई १ छन् ।

यस्तै, संयोजक डा.सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु संक्रमण मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

सापकोटाका अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साता भन्दा कम हुदैं गएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, यूएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १०९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साईप्रसमा ३, मलेसियामा ५१, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ ।

यो साता फिनलयाण्ड, र स्वीडेन १ (मृत्यु) नयाँ सक्रमण देखिएको हो ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *