थप दुईमा सङ्क्रमण भेटियो, सङ्क्रमित २१९ पुगे

डिसी नेपाल
३१ वैशाख २०७७ १४:२९

काठमाडाैं। कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज दुईजनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण भएको पाइएको बताए।

यसैगरी उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीया पुरुषमा सङ्क्रमण देखिएको हो। योसँगै सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ।

मङ्गलबारमात्र नेपालमा एकैपटक ८३ जनामा सङ्क्रमण देखिएको थियो। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *