आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा काेराेना देखिएपछि निदान अस्पतालमा सिलबन्दी
काठमाडाैं। आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ।
सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। आरोग्य फाउण्डेशन र निदान अस्पताल एउटै गेटभित्र रहेकाले मुख्य गेटमा नै सिलबन्दी गरिएको हो। दुवै संस्थाको पार्किङ र चमेनागृह एउटै पाइएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए।
बिहान झण्डै ११ बजेदेखि प्रहरीले अस्पतालमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी, कुरुवालगायत कसैलाई पनि भित्रबाट बाहिर निस्कन दिइएको छैन। स्वास्थ्य सेवा विभागको टोलीले ‘कन्ट्रयाक ट्रेसिङ’ शुरु गरिसकेको छ।
उनले भने, “सङ्क्रमितको संसर्गमा नगएकालाई विस्तार पठाउन सकिन्छ।” अहिले पनि भित्र संसर्गमा आएको हुनसक्ने सम्भावित व्यक्ति र अरुलाई छुट्याएर राखिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । दुवै संस्थामा गरी झण्डै ३०० व्यक्ति रहेको प्रहरीले जनाएको छ। भक्तपुरकी ती युवतीमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको थियो। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment