भारतले अतिक्रमण गरेको नेपाली भूमि नजिकै स्थापना भयो बीओपी
काठमाडौं । भारतले नेपालको सीमा मिचेर तिब्बतको मानसरोवर पुग्ने सडकको उद्घाटन गरे पश्चात दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा बुधबार बीओपी स्थापना भएको हो।

सशस्त्र प्रहरीले भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक क्षेत्रदेखि नजिकै बीओपी खडा गरेर बसेको हो।

बन्दोबस्तीका सामान सहित २५ जना सशस्त्र प्रहरीको टोली त्याँहा पुगेको जनाइएको छ । अहिले भाडाको घरमा बीओपी स्थापना गरिए पनि चाँडै अस्पताल सहितको संरचना बनाउने समाचार स्रोतले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment