नेपालमाथि जवर्जस्तीको भारतभित्रैबाट चर्को विरोध, एसडी मुनीले भने, नेपालले अपमानित महसुस गरेको छ

डिसी नेपाल
३१ वैशाख २०७७ २२:१५

काठमाडौं । नेपालको सीमा जवर्जस्ती मिचिएकोमा नेपालभित्र भारतबिरुद्ध आक्रोश बढिरहेका बेला भारतभित्रै र भारतीयहरुबाटै त्यसको विरोध हुन थालेको छ ।

कुनै बेला भारतको नेपाल नीतिका निर्माता ठानिएका विवादास्पद व्यक्ति प्राध्यापक एस डी मुनिसमेत भारतले नेपालप्रति हेपाहा व्यवहार गरेको बताउन थालेका छन् । भारतको एक टेलिभिजन च्यानलसंग बुधबार कुरा गर्दै प्राध्यापक एसडी मुनिले नेपालले विवादित विषयमा वार्ता गरौं भनेर बारम्बार प्रस्ताव गरेको तर भारतले वेवास्त गर्दै आएकोले दुई देशका बीचको सम्बन्धमा समस्या आएको बताएका छन् ।

भारतीय व्यबहारका कारण नेपालले अपमानित महसुस गरेको पनि उनले बताए । स्वराज एक्सप्रेससंग कुरा गर्दै जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मुनिले भने, “नेपालले अपमानित गरेको कुरा सत्य हो ।

अरु पनि मुद्धामा पनि भारतसंग नेपाल धेरै बेखुसी छ ।” उनले भारतको डिमोनिटाइजिंग नीतिका कारण नेपालको धेरै पैसा अड्केको र त्यसमा भारतले हालसम्म कुनै निर्णय नदिएको, इपिजी ग्रुपको प्रतिवेदनमा भारतले कुरा गर्न नचाहेकोजस्ता मुद्धाहरुले नेपाल धेरै नाराज रहेको बताए ।

त्यसैगरी भारतका विदेश मामिला विज्ञ मनोज जोशीले बोर्डरको मामलामा भारतले कुरा गर्न नचाहेको आरोप सही भएको बताए । उनले भारत सरकारले सन् २०१५ मा लगाएको आर्थिक नाकाबन्दीपछि दुईदेश बीच कटुत बढेको विश्लेषण गर्दै छिमेकी देश नेपाललाई बेखुसी बनाउनु भारतको मुर्खता भएको बताए ।

त्यसैगरी भारतीय पत्रकार वेदप्रताप बैदिकले भारतीय नोकरशाहीका कारण यस्तो अवस्था आएको भन्दै मोदी सरकारमाथि नेपालसंगको सुमधुर सम्बन्ध विगारेको आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *