गृहमन्त्रालयले गर्‍यो सबै पास रद्द, उपत्यका भित्र पनि एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने

डिसी नेपाल
१ जेठ २०७७ १८:५१

काठमाडौं । गृह मन्त्रालयले शनिबार जेठ ३ गतेदेखि लागु हुने गरी जिल्लाभित्रै आवातजावत गर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेका सम्पूर्ण पासहरु रद्द गर्ने निर्णय गरेको छ।

यसअघि जल्ला प्रशासन कार्यालयले जारी गरेका जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको गृहमन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए।

उनले भने, ‘वैशाख ३० गते गरेको निर्णले एक जिल्ला बाट अर्को जिल्लामा आवतजावत गर्ने गरी दिइएका पासहरु आजबाट लागु हुने गरी खारेज गरेका थियौं। आज अर्को निर्णय गर्दै मन्त्रालयले आउदो शनिवारदेखि लागु हुने गरी जिल्ला भित्रै पनि १ ठाउँबाट अर्को ठाँउमा जान दिइएका पास पनि रद्द गरिएको छ।’

यसअघि गरिएको निर्णय अनुसार काठमाडौं उपत्यकालाई एउटै जिल्ला जस्तो हुने गरी निर्णय गरे पनि आजको निर्णयले उपत्यकामा पनि १ ठाउँबाट अर्को ठाउँमा जाने गरी वितरण गरिएका पास रद्द गरिएको हो ।

सबैखाले पास खारेज गरिएकोले अब काठमाडौंबाट ललितपुर वा भक्तपुर जिल्ला जान पनि नमिल्ने उनले बताए।
कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा शुक्रबारदेखि लकडाउन कडाइ गर्ने गृहले निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, पालिकाका मेयरहरु र प्रहरी अधिकारीसँग छलफल गर्दै लकडाउनलाई अझै कडाई गर्ने निष्कर्षमा गृहमन्त्रालय पुगेको हो ।

छलफलमा सहभागि मेयरका अनुसार भोलि (शुक्रबार) देखि काठमाडौंका भित्रीबाटाहरुमा पनि चेकजाँच कडाइ गरिने छ । यस्तै, उपत्यका भित्रिने तथा बाहिरिने नाकामा पनि थप कडाई गरिने छ ।

कोरोनाबाट जोगिने एक मात्र उपाय सामाजिक दुरी र लकडाउन भएको निष्कर्ष वैठकले निकालेको उनले बताए ।

गृह मन्त्रालयले आजदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ। जिल्लामा पास दिनुपरे प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *