नेपालगञ्ज नाकाबाट भित्र्याइयो पाँच सय

डिसी नेपाल
१ जेठ २०७७ २२:०९

राँझा । भारतको क्वारेन्टाइनमा रहेका करीब पाँच सय नेपालीलाई नेपालगञ्ज नाकाबाट नेपाल ल्याइएको छ । सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको छ । जमुनाहा ल्याएपछि उनीहरुको नाम र ठेगाना सोधिनाका साथै आरडिटी गरेर सम्बन्धित जिल्लामा पठाउने कार्य भएको छ । स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाले सीमानाका जमुनाहमा पालबाट अस्थायी जाँच कक्ष तयार गरेको छ ।

बिहिबार नै यहाँका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीयलाई भारततर्फ पठाइएको छ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस र कोहलपुरको श्रीराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका भारतीयलाई पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *