पछि हट्याे सरकार, पूर्वराजाले पाए काठमाडौं आउने पास

डिसी नेपाल
२ जेठ २०७७ ९:३१
4
Shares

भद्रपुर। पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडाैं फिर्ता फर्किएका छन्। कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा थिए।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताए। पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडौंँ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो।

अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए।
यसअघि गृह मन्त्रालयले दुईपटकसम्म पास उपलब्ध नगराउने निर्णय गरेको थियो। निर्णयको विरोध हुन भएपछि मन्त्रालयले उनीहरुलाई पास उपलब्ध गराएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *