नीति तथा कार्यक्रममाथि छलफल गर्न नेकपा सचिवालय बैठक जारी
काठमाडौं। सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।
आज दिउँसो चार बजे सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ। आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका विषयमा जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सविचलाय बैठक बोलाएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment