काेराेनाबाट १ जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

डिसी नेपाल
३ जेठ २०७७ २१:१७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो ।

सिन्धुपाल्चोक निवासी २९ वर्षिया महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको, २४ गते डेलिभरी भएको र २५ गते डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

यस्तै उनलाई ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वस्थ्य चौकीमा उपचार गराएको र थप उपचारका लागि धुलिखेल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी उनको शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली गएको छ ।

शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल प्रस्थान गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल प्रस्थान गरेको हो ।

शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ । धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्नुहुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *