झन कडाइ गर्दै लकडाउन थप गर्ने सरकारको तयारी

डिसी नेपाल
४ जेठ २०७७ ७:२१

काठमाडौं। सरकारले अन्तिम पटक थप गरेको लकडाउनको अवधि भोलि (सोमबार) सकिँदैछ। लकडाउन जारी रहेकै अवस्थामा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै एक जनाको मृत्युसमेत भएपछि सरकारले थप शतर्कता अपनाउने भएको छ।

आइतबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठिन उच्चस्तरीय समितिको बैठक बसेर लकडाउन बढाउने सिफारिस गर्दैछ। यसअघि बसेको समितिको बैठकमा लकडाउनका विभिन्न मोडालिटीका बारेमा पनि छलफल भएको थियो।

कोरोना संक्रमणमा कारण एक महिलाको मृत्यु भएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्दै दश दिन थप गर्ने तयारी गरेको स्रोतले जनाएको छ। अहिले मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको र एक जनाको मृत्यु नै भएपछि सरकारले थप कडाइ गर्दै लकडाउन थप गर्ने तयारी गरेको हो।

लकडाउन लम्ब्याउने र मोडालिटीका बारेमा उच्चस्तरीय संयन्त्रणले विज्ञहरुसँग सुझाव संकलन गरेको थियो। सरकारले राजधानी छिर्ने मुख्य नाकामा झन कडाइ गर्ने नीति लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *