कन्टेनरमा ल्याइएका ५० जना भारतीयलाई धुलिखेल जङ्गलमा झारेको भिडियो फेला

डिसी नेपाल
४ जेठ २०७७ ११:३०
1.9k
Shares

काठमाडौँ । कोरोना महामारीका बेला भएको कडा लकडाउनकाबीच भारतबाट लुकेर कन्टेनरमा नेपाल छिरेका ५० भारतीय जङ्गलमा झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा फेला परेको छ ।

धुलिखेलकी एक स्थानीय युवती ज्योतसना सैँजुले भारतबाट लुकेर आएका एक ट्याङ्कर मानिस जंगलमा झार्दै गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् । सामाजिक सञ्जालमा अहिले उनले खिचेको भिडियो भाइरल भएको छ। भारतबाट आएक ति ५० जना भारतीय नागरिक अहिले पक्राउ परिसकेका छन् ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो।

ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए।

“नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन”, तिमल्सिनाले भने। उनले ती नागरिकका बारेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए ।

https://www.youtube.com/watch?v=uVXVysG3lCw


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *