कोरोनाका कारण सुत्केरी महिलाको मृत्युभएपछि गर्भवती महिला त्रसित

डिसी नेपाल
४ जेठ २०७७ १२:१५

नुवाकोट। विश्वलाई नै चपेटामा लिएको कोरोना भाइरसबाट नेपालमा २९१ जना संक्रमित बनेका छन्। कोरोना रोकथामका लागि भन्दै सरकारले लकडाउनलाई निरन्तरता दिएपनि संक्रमित बढिरहेका छन्।

कोरोनाकै कारण नेपालमा एक जना सुत्केरी महिलाको निधन पनि भएको छ। नेपालमा पहिलो पटक सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएसँगै गर्भवती महिलामा थप त्रास बढेको छ। यता अस्पतालले पनि लकडाउन भएसँगै गर्भ परीक्षण गर्नेको संख्या घटेको बताएका छन्।

गर्भवती महिला अस्पताल डराउन थालेका छन्। उनीहरुमा आफूसँगै आफ्नो पेट भत्रको बच्चालाई कस्तो खालको असर गर्ने हो भन्ने चिन्ता देखिएको छ। नुवाकोट बेलकोटगढी नगरपालिकाकी सुमित्रा तिवारी भन्छिन्, ‘यो भन्दा अघिल्लो पटक काठमाडौंको थापाथली गएर चेकजाँच गराएकी थिएँ, यो पटक धेरै कठिनसँग जिल्लामा पुगियो। सायद अब त चेक गराउन जन्न होला। खै के हुने हो थाहा छैन।’

गर्भावस्था आफैंमा खतरापूर्ण अवस्था हो। के होला कस्तो होला भन्ने चिन्तासँगै कोरोनाले झन् त्रास थपेको िधादिङकी एक २१ वर्षीया शर्मिला रेग्मी भन्छिन्, ‘यो समय भनेको कोरोना भाइरस नदेएिको भएपनि खतरा हो। त्यसमाथि पनि पहिलो पटक हुनेलाई त डर नै लाग्छ।। के हुने हो कस्तो हुने हो।

झन् कोरोनाका कारण त धेरै डर लागेको छ। त्यसमाथि पनि एक सुत्केरी कै मृत्यु भयो। अब आफ्नो पालो आइसक्यो। अस्पताल जान नै मन लागेको छैन।’ उनी लकडाउनको समयमा परीक्षण गर्नु पर्छ भन्ने थाहा हुँदाहुँदै पनि अन्योलमा परेको बताउँछिन्।

नुवाकोटकी सम्झना राई भन्छिन्, ‘परीक्षण गर्नुपर्छ भन्ने त थाहा छ। मेरो त यो भन्दा अगाडि पनि गर्भ बिग्रेको छ। त्यही भएर मुटु नै काम्छ। काठमाडौं जाने गरेको थियो, अब कसरी जानु घरमा श्रीमान हुनुहुन्न।’

महत्वपूर्ण बिषय भएता पनि यस विषयमा सम्बन्धित निकायको ध्यान कम गएको बताउँछिन स्वास्थ स्वयंसेविका राधिका नेपाल। ‘यो नम्बर एक मा रहनु पर्ने बिषय हो तर खै कसैले पनि खासै ध्यान दिएको पाइँदैन। यीह तरिका हो भने भोलिको परिणाम नराम्रो आउँछ। बेलैमा सोच गर्नु पर्ने हुन्छ।’ अस्पतालले दिएको विवरण र सुत्केरी हुन नसक्दा देखिएको मृत्युुदर बढी छ। बैलेमा ध्यान दिन पर्ने उनले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *