स्वास्थ्यकर्मीमाथि दूव्र्यवहार गर्ने युवक थानकोटबाट पक्राउ

डिसी नेपाल
४ जेठ २०७७ १३:१९

काठमाडौं। थानकोटस्थित नागढुंगामा स्वास्थकर्मी डा.नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम कार्कीलाई थानकोट प्रहरीले पक्राउ गरेको छ। कार्कीलाई चन्द्रागिरिबाट महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो।

स्वयंसेवाका नाममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गरेकाले कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञावालीले बताए।

शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेका थिए। उक्त भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

यसरी स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुर्व्यवहार गर्ने अधिकार नभएको र आवश्यक कारबाही गरिने गृहमन्त्रालयले जनाएको थियो। गृहकै निर्देशनमा ती युवालाई पक्राउ गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *