गंगालालका निर्देशक डा. अधिकारीलाई शुभकामना सहित स्वास्थ्य सामग्री प्रदान

डिसी नेपाल
५ जेठ २०७७ २१:५५

काठमाडौं । रामप्रसाद राई स्मृति प्रतिष्ठानले गंगालाल हृदयरोगकेन्द्रलाई स्वास्थ्य तथा सुरक्षाको सामग्री प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष तारादेवी राईले गंगालाल हृदयकेन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीलाई सोमबार उक्त सामग्री हस्तान्त्रण गरेको हो ।

कोभिड –१९ का कारण अग्रपंतिमा रहेर काम गरिरहेका चिकित्साकर्मीको सम्मान स्वरुप सुरक्षा सामग्री हस्तान्त्रण गरेको हो ।

विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा लागि परेका आम स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्दै भोजपुर जिल्लामा पुर्ख्यौली घर भएका  डा. चन्द्रमणी अधिकारीले मुटुरोगीका लागि गरेको सेवाको उच्च कदर गर्दै गंगालाल हृदयकेन्द्र जस्तो गरिमामय स्वास्थ्य केन्द्रको कार्यकारी निर्देशक नियुक्ति भएकोमा शुभकामना पनि प्रतिष्ठानले दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *