वाग्मतीको बजेट अधिवेशन १२ गते

डिसी नेपाल
६ जेठ २०७७ १७:४७

हेटौँडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटाँै तथा बजेट अधिवेशन यही जेठ १२ गते सोमबार दिनको २ बजे बजेट अधिवेशन आह्वान गरेका छन् ।

वाग्मती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख प्रसाईंले संविधानअनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिएका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *