विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सांकेतिक तस्वीर।
रुपन्देही । विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। २० वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गर्ने सैनामैना नगरपालिका–१ रानिकुवा बस्ने २६ वर्षीय श्याम शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
शाहीले ती महिलालाई उनकै कोठाभित्र पसी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment