द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका युवकको १८ वर्षपछि संस्कार

डिसी नेपाल
८ जेठ २०७७ १७:४६

गुलरिया । द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ । पीडित परिवारले बुधबार थारु संस्कारअनुसार सद्गत गरेका हुन् ।

द्वन्द्वका समयमा हत्या भए पनि आफ््नै आँखाले शव नदेखेका कारण १८ वर्षसम्म अन्तिम संस्कार नगरिएको अनिलकी आमा लहियाले बताइन् । हत्या भएको भन्ने अरुबाट सुनेको र शव नदेखेका कारण जिउँदै छ कि भन्ने आशाले अहिलेसम्म बसिरहे पनि अब आशा मरेकाले अन्तिम संस्कार गरिएको अनिलका बुवा विक्रमबहादुरले बताए।

अनिलकुमारलाई माओवादी कार्यकर्ता भएको भन्दै २०५९ पुस १४ गते राजापुर नगरपालिका –१० कालाबञ्जर गाउँबाट लखेट्दै आनन्दनगरमा पु¥याई कब्जामा लिएर गोली हानी शव सोही ठाउँमा गाडेको थियो । जिल्लामा सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका केही व्यक्तिका परिवारले कानूनी समस्याका कारण पनि अन्तिम संस्कार गरेको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले बताए । द्वन्द्वपीडितले सत्यतथ्य पत्ता लगाउन माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजूरी दिए पनि आयोगले समयमा काम गर्न नसक्दा अलमल भएको उनको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *