विश्वभर ह्वात्तै बढे काेराेना संक्रमित, मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार नाघ्याे

डिसी नेपाल
९ जेठ २०७७ ६:३९

काठमाडाैं। विश्वभर गत २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि भएका छन्। विश्वभर ५१ लाख ८९ हजार संक्रमित पुगेका छन्। मृतक संख्या ३ लाख ३४ हजार पुगेको छ।
अमेरिकामा मात्र १६ लाख २० हजार संक्रमित पुगेका छन्। त्यहाँ ९६ हजारको मृत्यु भएको छ। रुसमा र ब्राजिलमा संक्रमित संख्या ३ लाख नाघेको छ। स्पेनमा २ लाख ८० हजार, बेलायतमा २ लाख ५० हजार, इटालीमा २ लाख २८ हजार, फ्रान्समा १ लाख ८१ हजार, फ्रान्समा १ लाख ८१ हजार संक्रमित भइसकेका छन्।

नेपालमा ४५७ संक्रमित पुगेका छन्। ३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *