१९ जना कोरोना संक्रमित थपिए , २१ जना निको भए

डिसी नेपाल
९ जेठ २०७७ १७:००

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण देखिएको छ विभिन्न प्रयोगशालामा भएको परीक्षणबाट थप १९ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा डा. देवकोटाले २१ जना थप निको भएर घर गएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५ सय ७ पुगेको छ भने, निको भएर घर फर्किनको संख्या ७० पुगेको छ ।

हालसम्म कूल ४२ हजार ४ सय ८८ वटा पीसीआर विधिबाट परीक्षण भएको डा. देवकोटाले जानकारी दिए । यस्तै, आरडिटी विधिबाट परीक्षण हुनेको संख्या ८२ हजार १ सय १६ रहेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ र आरडिटी बिधिबाट ३ हजार ४ सय २१ बिधिबाट परीक्षण भएको छ ।

हालसम्म जम्मा १५ हजार ९ सय ८९ जना क्वारेन्टाइनमा रहेको छन् । जस अनुसार प्रदेश १ मा १ हजार ४ सय १४, प्रदेश २ मा ५ हजार ९ सय ६, बागमती ४ सय ७८ गण्डकी ६ सय ७८ प्रदेश ५ मा १५ हजार ९ सय ८९, कर्णाली ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय २९ क्वारेन्टाइनमा रहेको डा. देवकोटाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *