प्रदेशसभा सदस्यको कोरोना परीक्षण

डिसी नेपाल
९ जेठ २०७७ १८:५६
4
Shares

भक्तपुर । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा वागमती प्रदेशका प्रदेशसभा सदस्यको आज पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

भक्तपुरबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य शशीजङ्ग थापा, कृष्णलाल भडेल, सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, रजनी जोन्छेको स्वाब सङ्कलन गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । वागमती प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न जिल्लाका प्रदेशसभा सदस्य कुसुमकुमार कार्की, इन्द्र बनियाँ, राधा घले, मणिराम फुयाल, दीपेन्द्र श्रेष्ठ, विजय केसी, निमा लामा, प्रभात तामाङ, सीता अधिकारी, पुकार महर्जन, विजया केसीलगायतको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको नगर प्रमुख श्रेष्ठले बताए।

कोरोनाको सङ्क्रमण र जोखिम बढ्दै गएपछि प्रदेशसभा सदस्यको कोरोना परीक्षण गरिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *