अंपुन चक्रवातले भारतमा पुर्‍याएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त

डिसी नेपाल
९ जेठ २०७७ १९:०४

काठमाडौं । भारतको पश्चिम बंगालमा आएको अंपुन चक्रवातका कारण भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रालयले पश्चिम बंगालमा आएको अक्रवातका कारण ज्यान गुमाउनेहरुका परिवार प्रति समवेदना प्रकटगरेका छ ।

जारि विज्ञप्तिमा भनिएको छ, ‘ भारतको पश्चिम बंगाल र उडिसा रज्यमा ज्यान गुमाउनेका परिवार र भारत सरकार प्रति नेपाल सरकार समवेदना प्रक्रट गर्दछ। साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले निरीक्षण गरेको समुद्री चक्रवातको प्रभावबाट ८० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *