कोरोना बीमामा कडाई

डिसी नेपाल
९ जेठ २०७७ २०:२०

काठमाडौं । बीमा समितिले कोरोना बीमामा कडाइ गरेको छ । कोरोनाको संक्रमितहरु बढ्दै गएपछि बीमालेख बिक्रीका लागि सर्तहरु तोकेको छ ।

समितिले अब विदेशबाट आएका व्यक्तिहरुले अब सिधै कोरोना बीमा गर्न नपाउने व्यवस्था गरेको छ । विदेशबाट आएका मानिसहरुलाई कम्तीमा एक महिनापछि कोरोनाको आरडिडि टेष्ट गरेपछि मात्र कोरोना बीमा गराउन निर्देशन दिएको छ ।

निर्देशन अनुसार विदेशबाट आएका मानिसहरुले १५ दिन क्वारेन्टाइन र १५ दिन परिवारसँग घुलमिल भएपछि आरटिडि परिक्षण गराउनुपर्ने र रिपोर्ट नेगेटिभ आएकाहरुले मात्र कोरोनाको बीमा गर्न सक्नेछन् । यसको प्रमाणीकरण स्थानीय निकायले गरिदिनुपर्नेछ ।

समितिले बैशाख ७ गते कोरोना बीमा कार्यक्रम अगाडी सारेको थियो । एक लाख रुपैयाँको बीमा गर्दा प्रतिव्यक्ति एक हजार र परिवारको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ प्रिमियम छ । यस्तै ५० हजारको बीमा गर्दा व्यक्तिगत ५०० रुपैयाँ र परिवारको गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँमा प्रिमियम तोकिएको छ ।

बीमा गरेको व्यक्तिको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टी भएमा तुरुन्तै भुक्तानी पाइने व्यवस्था छ ।

समितिका अनुसार एक महिनामा १२ हजार ५ सय ७८ बीमा लेखमार्फत १ लाख ५९ हजार ९ सय ३६ जनाको कोरोना बीमा भइसकेको छ । बीमा लेख बिक्रीबाट ८ करोड ६१ लाख ४४ हजार बीमा शुल्क संकलन भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *