हार्डवेयर गोदाम सिल

डिसी नेपाल
९ जेठ २०७७ २२:२६

लहान । तोकिएको मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बेचेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ स्थित सुशील हार्डवेयरको गोदाम सिल गरेको छ । सञ्चालकलाई धरौटीमा रिहा गरिएको छ । लकडाउनको मौका छोपी निर्धारित मूल्यभन्दा बढीमा सिमेन्ट, छडलगायतका निर्माण सामग्री बेचेको भन्दै प्रहरीले गोलबजार उद्योग बाणिज्य सङ्घको रोहबरमा हार्डवेयरको गोदाम सिल गरेको हो । हार्डवेयरको गोदाम सिल गरेसँगै जिल्ला प्रशासन कार्यालयले हार्डवेयर सञ्चालक धनपति महतोसँग रु एक लाख धरौटीसमेत तिराएको छ ।

हार्डवेयर सञ्चालक महतोलाई कारवाहीका लागि इलाका प्रहरी कार्यालयले बुझाएकामा प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागार्इंले रु एक लाख धरौटीमा छाडेका छन् । आवश्यक अनुसन्धान भइरहेकाले तत्कालका लागि हार्डवेयर सञ्चालक महतोलाई धरौटीमा छाडिएको र अनुसन्धान प्रक्रिया पूरा भएपछि मात्र गोदामको सिल खोलिने प्रजिअ गुरागार्इंले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *