पहिलो महिला न्यायाधीश सिंहको निधन

डिसी नेपाल
१० जेठ २०७७ १६:२३

काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ ।

ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहेकी उनको शुक्रबार असामयिक निधन भएको हो । उनका भतिज प्रदीपलाल श्रेष्ठका अनुसार उनको ब्रेन ह्मरेजको शल्यक्रिया एकहप्ताअघि सफलतापूर्वक सम्पन्न भएको थियो ।

सर्वोच्च अदालतमा विसं २०५८ देखि २०६३ सालसम्म न्यायाधीशका रुपमा काम गरेकी उनी न्यायालयको इतिहासमा पहिलो महिला न्यायाधीश थिइन् । उनका भतिजका अनुसार आज उनको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।

उनको दुई छोरा मलखलाल श्रेष्ठ र सितुलाल श्रेष्ठ छन् । जेठा छोरा मलखलाल जर्मनमा रहेको हुनाले आउन सक्ने सम्भावना हुन्छ कि भनेर एक दिन पर्खिए पनि आउन सम्भव नभएकाले अन्तिम संस्कार गर्न ढिला भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *