देशको सीमा बारे सरकारको पक्षमा जसपा

डिसी नेपाल
१० जेठ २०७७ १९:५०

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर जनता समाजवादी पार्टीका नेताहरुले संविधान संशोधनको अधुरो रहेको तराई–मधेसका पार्टीहरुको माग संबोधन गर्नका लागि सहयोग गर्नेबारे छलफल गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवासँग शनिबार विहान उनकै निवास बुडानिलकण्ठमा भेट गर्दै जनता समाजवादी पार्टीका नेताहरुले संविधान संशोधनको बारेमा छलफल गरेको जनता समाजवादी पार्टीका नेता केशव झाले जानकारी दिए ।

नेता झाले डिसी नेपालसँग कुरा गर्दै भने, ‘यसअघि नेपाली कांग्रेसको सरकारका बेला संसदमा गएको संविधान संशोधनको मागलाई तत्कालिन नेकपा (एमाले)ले सहयोग नगर्दा पास हुन सकेको थिएन। अहिले संविधान संशोधनको माग संसदमा दर्ता भएकाबेला हाम्रो पार्टीले राखेको संविधान संशोधन सम्बन्धी बुँदाहरुलाई पनि पास गराउनका लागि सभापति देउवासँग छलफल भएको हो।’

नेपाली कांग्रेस सकारात्मक भएको भन्दै नेता झाले भने, ‘हामीले राखेको प्रस्तावमा नेपाली कांग्रेस पनि सकारात्मक देखिएको छ,,। सभापति ज्यूले पनि भोली (आइतबा) केन्द्रीय पदाधिकारीसँग छलफल गरेर निर्णय दिने बताएनु भएको छ।’

देशको सीमानाको विषयमा पार्टी सरकारको पक्षमा भएको कुरामा दुइमत छैन।’ नेता झाले भने, ‘यो सँगै हाम्रो पार्टीले प्रस्ताव गरेको संविधान संशोधनका बुँदालाई पनि सरकारले सकारात्मक बुझ्ने छ भन्ने अपेक्षा गरेका छौं।’

सरकारले कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि संविधानको अनुच्छेद ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नका लागि संविधान संशोधनको प्रसताव संसदमा दर्ता गराएको छ । संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएका बेला तराईमा क्रियाशिल राजनीतिक दलहरुले पनि आफ्ना माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन्।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई संविधान निशान छापको लागि मात्र संशोधन हुने जिकिर गरिसकेका छन् । उनले तराई–मधेशमा क्रियाशिल राजनीतिक दलको माग पछि सम्बोधन गर्ने आशय व्यक्त गरिसकेका छन्।

प्रधानमन्त्रीको यस्तो आशय पछि प्रमुख प्रतिपक्षी दल नेपाली कां्रग्रेसका सभापति सँग तराई मधेशमा क्रियाशिल पार्टीहरुले अनुरोध गरेको हुन्। उत्तरमा सभापति देउवाले पार्टीका अन्य नेताहरुसँग छलफल गरेरे केही बताउने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *