सरकार सेना परिचालन गर, नत्र सखाप हुन्छ : अध्यक्ष शाह

डिसी नेपाल
१० जेठ २०७७ २०:३८

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बढ्दो कोरोना संक्रमण नियन्त्रणको लागि सेना परिचालन अत्यावश्य भएको बताएका छन् । डिसी नेपालसँग कुरा गर्दै उनले गाउँपालिकाले गर्ने हरसम्भव प्रयास गरेको र केही स्थानीय जो सरकारका विरोधी छन् उनीहरुले नटेरेका कारण कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएको बताए ।

उनले भने, ‘हामीले सबै प्रयासहरु गरेका छौं । गाउँमा विरोधीहरुले गर्दा कोरोनाको संक्रमण फैलिएको हो । म त भन्छु सेना परिचालन गरिनु पर्छ हैन भने गाउँ नै सखाप हुन्छ।’

‘नरैनापुर गाउँपालिकामा मात्र ११३ जना कोरोनाका संक्रमितहरु रहेका छन्।’ अध्यक्ष शाहले भने, ‘केन्द्र सरकार र प्रदेश सरकारलाई धेरै पटक सहयोग गर्न आग्रह गरेको छु। आग्रह गर्दा गर्दा थाकिसके सहयोग पाएको छैन।’

क्वारेन्टाइन व्यवस्थित नहुँदा कोरोनको संक्रमण फैलिएको उनले स्वीकार गरे । उनले भने, ‘क्वारेन्टाइनको लागि पनि धेरै कुरा गरे कसैले हाम्रो कुरा सुन्दैन। हामी त अल्लाह भरमा छौ। हामीसँग डाक्टर पनि छैन। बत्ति पनि छैन । तपाई आएर हेर्न सक्नु हुन्छ हाम्रो अवस्था कस्तो छ । यो बेलामा झन कोरोनाले सताएको छ। अब त थाकियो।’

‘काम गर्न भारतको बम्बैमा गएका केटाहरु कोरोनाका कारण घर फर्केका छन्। गाउँपालिकाको बजेट पनि उनीहरुलाई व्यवस्था गर्दैमा सकिएको छ।’ शाहले भने, ‘केन्द्र सरकार र प्रदेश सरकारले सेना परिचालन गर्नु प¥यो र डाक्टरहरुको टोली पठाइदिनु प¥यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *