पीआईपीको लाइन लगाएर स्वास्थ्य परीक्षण, कोरोना संक्रमितको सम्पर्कमा स्वास्थ्यकर्मी त्रसित
काठमाडौं। पेट दुखेर अस्पताल पुगेकी एक महिलामा कोरोना पोजेटिभ देखिएपछि हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको किटको अभावमा स्वास्थ्य परीक्षण हुन नसकेको खुलेको छ।
जेठ ४ गते आइतबार पेट दुख्ने समस्या लिएर अस्पताल पुगेकी ५४ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना जाँच गर्न किट अभाव भएको हो। हेटौंला अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी करिव २ सय जनशक्ति रहेको छ।
तर किटको अभावमा सबैको स्वास्थ्य परीक्षण गर्न नसकिएको अस्पताल स्रोतले जनाएको छ। ‘प्रदेश सांसद, संसद सचिवालय र मन्त्रालयका कर्मचारीको स्वास्थ्य परीक्षण गर्दा किट सकिएकाले अस्पतालका कर्मचारीको स्वास्थ्य परिक्षण गर्न पाएका छैनौं,’ अस्पताल स्रोतले भन्यो, ‘चार गते अस्पताल भर्ना गरिएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा त्रासको अवस्था छ। तर किटको अभावको कारण सबै जनाको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन।’
महिलाको सम्पर्कमा आएका २० जनाको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राखिएको हेटौंडा अस्पतालका डाक्टर राजु सेँडाईले जानकारी दिए। चार गते हेटौंला अस्पतालमा भर्ना भएकी महिलाको ६ गते काठमाडौंमा आरटीडी गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment