कांग्रेसका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएकालाई हेलिकप्टरबाट सुर्खेत लगियाे
सिमकोट । नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरी यही जेठ ९ गते घाइते बनाएको भनिएका तीन जनालाई आज थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको छ । कांग्रेस सम्बद्ध कार्यकर्ताले नेकपा अदानचुली गाउँ कमिटी सचिवालय सदस्य मोहन फडेरासहित गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेन्द्र फडेरा र कृषि जेटिए कमल नेपालीलाई कुटपिट गर्दा गम्भीर घाइते भएपछि तीनै जनालाई गाउँपालिकाले थप उपचारका लागि हेलीकप्टरमार्फत सुर्खेत पु¥याइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए ।
उनले कुटपिटमा संलग्न दोषीलाई कारवाही गर्न माग पनि गरे। आजै हेलीकप्टरमार्फत आइपुगेका अध्यक्ष फडेराले गाउँपालिकाको काममा खटिएका कर्मचारीलाई काम गर्न नदिई विभिन्न खाले बखेडा झिकी पटक पटक यस्ता कार्य भइरहेको आरोप लगाए । घाइतेको सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेस दुवैले केही दिन अगाडि भएको घटनालाई लिएर छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् । नेकपा अदानचुली गाउँ कमिटीले पार्टी राहत तथा उद्धारमा जुटिरहेका बेला कांग्रेस अदानचुली पाटी समर्थकबाट कुटपिट भएको भनी भत्र्सना गर्दै घटनामा संलग्न दोषीमाथि कारवाहीको माग गरेको छ । नेकपा का जिल्ला कमिटी अध्यक्ष लालकेश जैसीले घाइतेको उपचारको मागका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
कांग्रेसले पार्टी सम्बद्ध कार्यकर्तालाई गाली बेइज्जतीसहित हातपात गरी धम्की दिइएको जनाउँदै जेठ ९ गते सामान्य मात्र झडप भएको जिकिर गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment