नेपालमा १०५ जना निको, ४ महिने शिशुसहित एउटै परिवारका १८ जना एकैदिन डिस्चार्ज

डिसी नेपाल
१२ जेठ २०७७ ९:१६

काठमाडौं। वीरगञ्जमा एउटै परिवारका १८ जना कोरोनाभाइरस संक्रमित भएका थिए । यो परिवारका संक्रमितमध्ये ४ महिने बालक पनि थिए । यी सबैले कोरोनाभाइरसलाई जितेका छन् । परिवारका सबै १८ जना बिरामी कोरोनाभाइरसलाई जितेर निको भएका छन् । आइतबार राति वीरगञ्जस्थित नारायणी अस्पतालबाट यी सबै निको भएर घर फर्किएका छन् ।

डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६२ वर्षकी वृद्ध महिलासम्म रहेको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा सात महिला र ११ पुरुष छन् । उनीहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वासिन्दा हुन् । आइतबार राति करिब ११ बजे उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।
गत वैशाख २१ मा उक्त परिवारका ३७ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएको थियो । ती पुरुष वडा नम्बर ३ को राहत वितरण समितिमा नेकपाबाट प्रतिनिधि समेत थिए ।

गत वैशाख २४ मा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । परिवारका सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । चिकित्सकका अनुसार उनीहरु कसैमा पनि कोरोनाको लक्षण देखिएको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *