अनौतिक सम्बन्ध राख्न नमानेको भन्दै महिलामाथि दुव्यर्वहार

डिसी नेपाल
१२ जेठ २०७७ १३:३८
4
Shares

लहान। आफूसँग अनैतिक सम्बन्ध राख्न अस्वीकार गरेको भन्दै एक दलित महिलामाथि दुव्यर्वहार भएको छ।

श्रीमान बैदेसिक रोजगारीका क्रममा रहेका बेला सप्तरी घर भई सिराहाको कल्याणपुर नगरपालिका–११ मा बस्ने गान्धी साहले सोही ठाउँ बस्ने एक दलित महिलालाई टेलिफोन गर्दै आफूसँग अनैतिक सम्बन्ध राख्न दबाव दिएको पीडित महिलाले बताइन्। उनको दबाव अस्वीकार गरेपछि साहले कल्याणपुर नगरपालिका अगाडि दुव्यर्वहार गरेको पीडित महिलाले बताइ।

पीडित महिलाका अनुसार साहले उनलाई पाँच सय रुपैयाँ दिने प्रलोभन देखाएर अनैतिक सम्बन्ध राख्न प्रस्ताव गरेका थिए। श्रीमान विदेशमा भएको मौका छोपी यौन सम्बन्ध राख्न प्रस्ताव गरेपछि पीडित महिलाले अस्वीकार गरेकी थिइन्। आफ्नो प्रस्ताव अस्वीकार गरेको भन्दै साहले पीडित महिलालाई मरणासन्न हुने गरी कुटपिट गरेको बताइन्।

कल्याणपुर इलाका प्रहरी कार्यालय प्रमुख प्रमोद साहलाई घटनाबारे जानकारी गराएपनि अभियुक्त गान्धी साहलाई नियन्त्रमा लिइएको छैन। पीडित महिलाको हाल मिर्चैया अस्पतालमा उपचार भइरहेको छ। दलित अधिकारकर्मी संजय महराले महिलामाथि दुव्यर्वहार गर्ने दोषीलाई कारवाही गर्न माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *