जनकपुरमा घरमा आगलागी हुँदा वृद्धको मृत्यु, ३ लाखको क्षति

डिसी नेपाल
४ असोज २०८३ ९:३९

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका-२ का ७० वर्षीय किशोरी सहनी रहेका छन्। आगलागीमा परी उनको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

विद्युत् सर्ट भई सुरु भएको अनुमान गरिएको उक्त आगलागीबाट घरायसी सामानसहित करिब तीन लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। घटनालगत्तै प्रहरी, स्थानीयवासी र स्थानीय तहको वारुणयन्त्र (दमकल) को संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *