विदेशबाट ल्याएका नागरिकलाई तारे होटल, लज र पार्टी प्यालेसमा राखिने

डिसी नेपाल
१२ जेठ २०७७ १५:४८

काठमाडौं। सरकारले विदेशबाट उद्दार गरेर ल्याउने नेपाली नागरिकलाई क्वारेन्टाइनको रुपमा काठमाडौंका तारे होटल, लज, गेष्ट हाउस र पार्टी प्यालेसमा राख्ने तयारी भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालको अध्यक्षतामा बसेको सिएमसी बैठकमा सरकारले विदेशबाट उद्दार गरेर ल्याउने नेपाली नागरिकलाई तारे होटल, लज, गेस्ट हाउस र पार्टी प्यालेसमा राख्ने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालले जानकारी दिए।

त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि रहेको समिटी गठन गरिएको छ। समितिले उपत्यकामा रहेका तारे होटल, लज, गेष्ट हाउस र पार्टी प्यालेसको अवस्थाबारे जानकारी दिनेछ।

विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्ने वा प्रदेशमा पठाउने भन्ने विषयमा डा. हेमन्त ओझाको संयोजकत्वमा कार्यविधि बनाएर व्यवस्थापन गर्ने गरी काम भइरहेको प्रजिअ दाहालले बताए। डा. ओझा संयोजक रहेको कार्यदलले विदेशबाट ल्याएका नागरिकलाई कसरी राख्ने भन्ने कार्यविधि बनाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *