कोरोना संक्रमितको संख्या ६८२ पुग्यो, ११२ जना निको भए

डिसी नेपाल
१२ जेठ २०७७ १६:४३

काठमाडौैं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना नेपालमा पनि दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६ सय ८२ पुगेको छ ।

झण्डै ५० हजार बढी गरिएको पिसीआर परीक्षणमा ६८२ जना संक्रमित देखिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ९५ हजार बढीको आरडिटी परीक्षण गरिएको छ ।

२० वटा प्रयोगशालाबाट परीक्षण सुरु भएको पनि डा. देवकोटाले जानकारी दिए । उनका अनुसार हालसम्म निको भएर घर फर्किनेको संख्या ११२ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *