भोकमरीबाट जनता जोगाउने सरकारको पहिलो काम : प्रधानमन्त्री (पूर्ण पाठसहित)

डिसी नेपाल
१२ जेठ २०७७ १८:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भोकमरीबाट जोगाउने सरकारको पहिलो काम भएको बताएका छन्। कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीले पुग्न गएको अफ्ठेरो प्रति सरकार गम्भिर रहेको समेत बताएका छन्।

उले सम्बोधनमा भनेका छन्, ‘बन्दाबन्दी आगामी जेठ २० गतेसम्म जारी छ । यसले गर्दा हाम्रो समग्र अर्थतन्त्र र सम्पूर्ण देशबासीमा पुग्न गएको अप्ठ्यारोप्रति सरकार गंभीर र संवेदनशील छ।’

कोरोनाको संक्रमणबाट जनतालाई मुक्त गर्न र यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रको रक्षाका लागि पनि सरकार लागि परेको बताए। उनले सम्बोधनको क्रममा भनेका छन्, ‘कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने र रोग तथा भोकबाट आफ्ना जनतालाई जोगाउने कामलाई सरकारले आफ्नो प्रमुख दायित्व ठानेको छ।’

उनले नेपाल पनि कोरोनाको महामारसँग लडिरहेको बताउँदै नेपालमा लकडाउनको ६३ दिन भएको समेत अवगत गराए । सम्बोधनमा प्रधानमन्त्री ओलीले भने, ‘आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ ।’

कोरोनाका कारण नेपाल तथा विदेशमा मृत्यु भएका नेपाली नागरिक प्रति समवेदना समेत प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन्, ‘कोरोना भाइरसद्वारा स्वदेश तथा विदेशमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दछु । र, शोकाकूल परिवारजनमा म गहिरो समवेदना व्यक्त गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *