अमेरिकाको डालासमा ‘एन इभनिङ इन नेपाल’

डिसी नेपाल
१३ जेठ २०७७ ९:४६

टेक्सास । अमेरिकाको टेक्सासस्थित डालास शहरका नेपालीहरुलाई प्रविधिमार्फत सहभागी गराएर एउटा फरक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । डालासको एभरेष्ट लायन्स क्लवले मे २४, आइतबार बेलुकी ‘एन इभनिङ इन नेपाल’ नाम दिएर सो शहरमा रहेका नेपाली समुदायमा आपसी एकता र मनोरन्जनको सन्देश दिने प्रयास गरेको थियो । कार्यक्रममा कलाकारहरुले जुम प्रविधिको प्रयोग गरी आफ्नो प्रस्तुति दिएका थिए भने सहभागीहरुले फेसबुक लाइभमार्फत मनोरन्जन लिएका थिए ।
यो वर्ष कोभिड-१९ ले ल्याएको विषम परिस्थिति का कारण यसरी एकै थलोमा कार्यक्रम गर्न संभव नभएकोले इन्टरनेटमार्फत प्रविधि प्रयोग गर्नु परेको क्लवका पूर्व अध्यक्ष एवम् कार्यक्रम सँचालक राधाकृष्ण काफ्लेले बताए ।
कार्यक्रम नेपाली राष्ट्रगान र अमेरिका को राष्टगान बाट शुरू गरिएको थियो ।

टेक्सास नेपाली कला समूहका  कलाकारहरू क्रमशः चर्चित हाँस्यब्यँग्य कलाकार नारायण त्रिपाठीले समसामयिक व्यंग्य र वरिष्ठ संगीतकार एवम् गायक केशव पौडेल, गायक भीम चापागाईं र लोकगायक भीम थापाका अलावा नेपालबाट चर्चित लोक दोहोरी गायक पुरूषोत्तम न्यौपानेले दुई चरणमा गायन प्रस्तुत गरेका थिए।बीचबीचमा लियो क्लबका भाइबैनीहरुले नृत्य र वाध्यवादन प्रस्तुत गरेका थिए।

कार्यक्रममा क्लवका अध्यक्ष सुरेश बस्यालले स्वागत मन्तव्य , स्टेट रिप्रिजेन्टेटिभ टेरी मेजा, लायन्सका नेताहरु विनोद माथुर, राजेन थापा लगायत लायन्स एस्मेराल्ड, भोलानाथ पन्त, थलराज पन्त, राज श्रेष्ठ, फ्रेड कंगनरले लायनिजम्का बारेमा मन्तव्य पनि राखेका थिए । क्लवकी सचिव डा .माया उपाध्यायले यो वर्ष क्लवले गरेका कार्यक्रमहरू प्रस्तुत गरेकी थिइन् भने क्लवकी प्रेसिडेन्ट इलेक्ट मीना क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी क्वलका सदस्य यशोदा अधिकारी, सरोज खतिवडा, लियो एकता उपाध्याय, मन्जिता क्षेत्री, बुनु पन्त, विनय उपाध्याय र कृतिका तिमल्सिनाले पनि विविध प्रस्तुति दिएका थिए ।
इभेन्ट कोअर्डिनेटको जिम्मा केदार तिमल्सिनालाई दिइएको थियो भने डिसे सुशान्तले माइ एलाइट इभेन्ट को स्टेज डेकोरेशनबाट लाइभ प्रस्तुति दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *