स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टाइनमा
फाइल फाेटाे
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा रहेका छन् । आफु कोरोना संक्रमितको सम्पर्कमा आएकाे थाह भएपछि होम क्वारेन्टाइनमा बसेको हुन्।
मन्त्रालय स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका एकजना बिरामीलाई भेटन गएका थिए। गत शुक्रबार ती महिलामा कोरोना पोजेटिभ देखिएकाे थियाे । ५ दिनपछि बुधबार मात्र मन्त्री क्वारेन्टाइनमा रहेको खुल्न आएको छ ।
शनिबार पनि मन्त्रालय आउने गरेका मन्त्री ढकाल ५ दिनदेखि आएका छैनन्। स्रोतले भन्यो, ‘उहाँ आफ्न्तलाई भेटन टिचिङ जानु भएको थियो। बिरामीलाई कोरेना देखिएपछि मन्त्रीज्यू मन्त्रालय आउनु भएको छैन, नत्र शनिबार पनि छुटाउनु हुन्थेन।’
मन्त्री ढकालको स्वाब समेत संकलन गरिसकिएको स्रोतको भनाई छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment