एकै पटक ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

डिसी नेपाल
१३ जेठ २०७७ १६:४२

काठमाडौं । पछिल्लो अपडेट अनुसार थप ९० जनामा कोभिड –१९ पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४६ जिल्लामा गरि ७ सय ७२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे।

डा. देवकोटाका अनुसार नयाँ संक्रमित हुनेहरुमा महोत्तरिमा २ जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराकै पचौटा नगरपालिकाका ३ जना, रौतहटका २२ जना, सिराहमा ५ जना, धनुषामा १ जना कोरोना संक्रमित भएका छन्।

यस्तै बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन्। सुदुरपश्चिमको कैलालीमा १ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको छ। सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *