१ सय ५५ जनाले जिते कोरोना

डिसी नेपाल
१३ जेठ २०७७ १७:३५

काठमाडौं । नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १ य ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नारायणी अस्पतालबाट पछिल्लो समय थप ४३ जना डिस्चार्ज भएसँगै यो संख्या १ सय ५५ पुगेको हो ।

हालसम्म नेपालमा ७ सय ७२ जनामा कोरोनाको पुष्टि भएको छ भने ४ जनाले ज्यान गुमाएका छन्। नेपाका ७७ जिल्ला मध्ये ४६ जिल्लामा कोरोनाको प्रभाव देखिएको छ ।

गत वर्षको डिसेम्बर अन्तिम सातामा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाले सबैभन्दा बढी अमेरिकामा करिव १ लाखको ज्यान लगेको छ । चीनमा भने पछिल्लो समय कोरोना नियन्त्रणमा आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *