अयोध्यामा राम मन्दिर निर्माण शुरु, कमल थापाद्वारा खुशी व्यक्त
अयोध्या । अयोध्याम राम मन्दिर निर्माणको काम शुरु भएको छ। भारतमा लामो समयदेखि अयोध्यामा राम मन्दिर निर्माण गर्ने विषयमा विवाद उत्पन्न रहेको थियो। विवादको कारण त्यहाँ रहेको मस्जिद थियो। तर केही समय पहिले त्यहाँको त्यहाँको सर्वोच्च अदालतले उक्त स्थानमा राम मन्दिर निमार्ण गर्न दिने र त्यहाँ अवस्थित मस्जिदलाई अन्तै जग्गा उपलब्ध गराउने फैसला गरेको थियो ।

भारतमा शुरु भएको राम मन्दिर निमार्णमा नेपालका पूर्व उप–प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले खुशी व्यक्त गरेका छन्। उनले आफ्नो टीट्रमा लेखेका छन्, ‘भगवान रामचन्द्रको जन्मथलो अयाध्यामा राम मन्दिर निर्माणको खबर सुनेर निकै खुशी लागेको छ। वास्तवमा नेपालको लागि पनि यो एक खुशीको क्षण हो। जहाँ सीता मातको जन्म भएको थियो। मन्दिर बनाउने विषयमा जसले लामो समय लडाई लडे उनीहरु सबैलाई बधाई।’
यस्तै भारतीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले पनि राम मन्दिर निर्माणको विषयलाई लियर खुशी व्यक्त गरेका छन्। लकडाउनको समयमा अयोध्यामा राम मन्दिर निर्माणको लागि ४ करोड ६० लाख भारु दान प्राप्त भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment