बजेट २०७७/०७८ : आगामी वर्षमा दुध तरकारी र मासुमा आत्मनिर्भर
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई दुध तरकारी र मासुमा आत्मनिर्भर बनाउने घोषणा गरेको। आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कृषिलाई आधुनिक र व्यवसायीकरण गरिने जानकारी दिए।
अर्थमन्त्री खतिवडाले सामूदायिक, सहकारीमार्फत ठूलो परिणाममा उत्पादन बढाउन प्रोत्साहन गरिने र यसका लागि मल, विऊ र बजारको सरकारले ग्यारेन्टी गर्ने बताए। उनले चैते धान र वसन्ते मकै खेतीको प्रवर्द्धन गर्ने, कृषि उद्यमलाई प्रोत्साहन गर्न एक स्थानीय तहमा एक उत्पादनका रुपमा पकेट क्षेत्र स्थापना गरिने र यसका लागि ३ अर्ब २२ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए।
यसैगरी चोभारमा हाट बजार सञ्चालनमा ल्याइने, बाली बीमामार्फत बाली उत्पादन भएपछि मात्रै तिर्न पाउने व्यवस्था गरिने, प्रत्येक स्थानीयमा १० हजार फलफूलको विरुवा उमार्नको लागि प्रोत्साहत गर्ने मन्त्री खतिवडाले जानकारी दिए।
यसैगरी कृषि स्वयम सेवकको परिचालन गर्ने, वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषिमा लाग्न विषेश सहुलियत, भूमि बैंकमार्फत बाझो जमिनलाई खेती गर्न लिजमा दिने मन्त्री खतिवडाले जनाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment