अब किसानलाई क्रेडिट कार्ड
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि किसानलाई क्रेडिट कार्ड दिने भएको छ। किसानलाई मल, बीउ, औषधि पुर्याउन भारतमा सुरु गरिएको यो मोडल नेपालमा पनि सुरु गर्न लागिएको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै क्रेडिट कार्ड सुरु गरिने जानकारी दिए। क्रेडिट कार्ड बैंकको एटिएम कार्डजस्तै हो। एटिएमकार्डबाट बैंकको खातामा रहेको रकम झिक्ने पाएजस्तै किसान कार्डको माध्यमबाट किसानले मल, विउ, औषधिलगायतका सामान लिन पाउँछन्।
सरकारले प्रदान गर्ने क्रेडिट कार्डमा रकमको सीमा तोकिएको हुन्छ। किसानले उक्त रकम चलाएबराबर न्यूनतम व्याजदर भुक्तानी गर्नुपर्छ। यसैगरी किसानले उत्पादन बिक्री गरेपछि भने रकम भुक्तानी गर्नुपर्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment