करिव १ लाख क्वारेन्टाइनमा, २ सय ६ जना डिस्चार्ज, ६ जनाको मृत्यु

डिसी नेपाल
१६ जेठ २०७७ १८:२०

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ। भारतमा काम गर्न गएकाहरु घर फर्किन थालेसँगै पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो संख्या करिब १ लाख पुग्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा हालसम्म ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या सबैभन्दा बढी प्रदेश ५ मा ३२ हजार ३ सय ७३ रहेको छ।

कामको सिलशिलामा भारतमा जाने भएकाले सुदुरपश्चिममा भारतबाट फर्किनेको संख्या पनि त्यतिकै बढी रहेको छ । क्वारेन्टाइमा प्रदेश ५ पछि सुदुरपश्चिम प्रदेश रहेको छ। सुदुरपश्चिम प्रदेशबाट रोजगारीको सिलशिलामा भारतमा जाने हुँदा कोरोनाको कहरपछि नेपाल फर्किनेको संख्या बढेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदुरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना क्वारेन्टाइमा रहेका छन्।

यसैगरी, कर्णाली प्रदेशमा क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ५ जना रहेको छ । यसरी क्वारेन्टाइनमा रहेनेमा प्रदेश १ मा २ हजार ७ सय ४७ जना, प्रदेश २ मा १६ हजार ६ सय ७८, बागमति प्रदेशमा १ हजार ९ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ८ सय १४ रहेका छन्।

अहिलेसम्म १ लाख ८ हजार ४ सय ७८ मा आरडिटी विधिबाट परीक्षण भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए। उनका अनुसार पिसीआर विधिबाट ६४ हजार १ सय ५४ परीक्षण गरिएको छ। जसमध्ये हालसम्म १ हजार २ सय १२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

संक्रमित भएका १ हजार २ सय १२ जनामध्ये देशका विभिन्न अस्पतालमा १ हजार जनाको उपचार भइरहेको छ। जसमा २ सय ६ जना निको भएर घर फर्किएका छन् भने ६ जनाले ज्यान गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *