काठमाडौमा रहेका हुम्लाबासीको कोरोना परीक्षण गराउने क्रममा झडप

डिसी नेपाल
१६ जेठ २०७७ १९:५३

काठमाडौं। अलपत्र परेका हुम्लाका नागरिकलाई जिल्ला फर्काउन कोरोना परीक्षण गराउन लाग्दा बौद्धमा झडप भएको छ । बिहीवार दिउसो बौद्धको सिमलटारमा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले आप्mनो जिल्लाका ५ सय नागरिकलाई कोरोना परीक्षण गराउनका लागि चिकित्सक लिएर चेक जाँच गराउदा झडप भएको बौद्ध प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार झडपका क्रममा केही मानिस सामान्य घाइते भएका थिए भने चिकित्सकहरु भागेका थिए । बिहीवार हुम्लाका सांसद लामाले लकडाउनका समयमा काठमाडौंभित्र अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ लिएर जाने योजनाका साथ कोरोना परीक्षण गराउन लागेका थिए ।

बौद्ध वृत्तका प्रमुख नवीन कार्कीका अनुसार बौद्धको गुम्बा लगायत अन्य ठाउँमा बस्दै आएका हुम्लावसीलाई परीक्षणका लागि बोलाइएको थियो । ‘करिब ५ सयको पीसीआर गर्ने गरी सामाग्री लिएर सांसद लामा आफै गएका थिए । त्यहाँ १५ सय बढी संख्या भएपछि आपसमै झगडा भएको रहेछ’, डिएसपी कार्कीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *