राजपाको संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार
काठमाडौं । राष्ट्रिय जनता पार्टी लिएको संविधान संशोधन विधेयकको प्रस्ताव संसद सचिवालयले दर्ता नगरी पठाएको छ। नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेय दर्ता गर्न गएको र सचिवालय महासचिव भरतराज गौतमले समय नभएको भन्दै फकाएको राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले बताए।
डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘हामी संविधान संशोधन विधेयकको प्रस्ताव लिएर गएका थियौं। समय छैन भन्दै फर्काइयो। यसका बारेमा भोलि (शनिबार) बस्ने पार्टीको संसदीय दलको बैठकमा छलफल हुने छ।’
उनले भने, ‘संघीय संसद सचिवालयका महासचिवले कानून विपरित सभामुखसँग छलफल गर्छु भन्नु भयो । विधेयक टेबुल हुनेबेला सभामुखसँग छलफल हुने भएपनि दर्ताको समयमा सभामुखसँग छलफल गर्छु भन्नु कानून विपरित हो।’


प्रतिक्रिया








डिसी नेपाल






Facebook Comment