समाजवादी पार्टी र राजपाबीच गैरसरकारी प्रस्तावका रूपमा संविधान संशाेधन प्रस्ताव दर्ता गर्ने सहमति

डिसी नेपाल
१७ जेठ २०७७ १९:५१

काठमाडौं। समाजवादी पार्टी र राजपाबीच गैरसरकारी प्रस्तावको रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने सहमति भएको छ।

शनिबार राजपाले संसद सचिवालयमा दर्ता गर्न लगेको प्रस्तावमा केही बुँदा थप गरेर आइतबार गैरसरकारी प्रस्तावको रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सहमति भएको राजपा महासचिव केशव झाले जानकारी दिए।

समाजवादी र राजपाले नागरिकता, भाषा, समानुपातिक समावेशीलगायतका विषयमा संविधान संशोधन प्रस्ताव गर्दा गराउने सहमति भएको हो। बजेटलगायतका विषयमा छलफल गर्न शनिबार राजपा संसदीय दलको बैठक बसेको थियो।

बैठकमा गैरसरकारी प्रस्तावको रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भएको थियो। बैठकपछि राजपा नेताहरुले संविधान संशोधन विधेयकको विषयमा समाजवादी पार्टीका नेताहरुसँग पनि छलफल गरेका थिए।

समाजवादी पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेता र राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादवसहितका नेताहरुबीच छलफल भएको थियो।

छलफलमा गैरसरकारी प्रस्तावमा रुपमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने सहमति भएको हो। दुई दलबीच आइतबार थप छलफल गरेर संविधान संशोधन विधेयक दर्ता गराउने सहमति भएको राजपा महासचिव केशव झाले जानकारी दिए।

शनिबार राजपाले गैरसरकारी प्रस्तावको रुपमा संसद सचिवालयमा दर्ता गराउन खोजेको विधेयकलाई संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको थियो। सरकारले भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा रहेको नक्सा परिवर्तन गर्न गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव गरेको थियो।

त्यसपछि राजपाले गैरसरकारी प्रस्तावको रुपमा आफूहरुको माग सम्वोधन गर्न भन्दै गैरसरकारी प्रस्तावका रुपमा संधिवान संशोधन प्रस्ताव दर्ता गराउन खोजेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *