दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ, मृतकको संख्या ७ पुग्यो

डिसी नेपाल
१७ जेठ २०७७ २०:००

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। दैलेखको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *