कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका १ सय २१ नेपालीको मृत्यु, झण्डै १५ हजार संक्रमित

डिसी नेपाल
१८ जेठ २०७७ ९:३४

काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय २१ पुगेको छ । शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या बढेर १ सय २१ पुगेको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए ।

सापकोटाका अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो साता यूएईमा १ , बेलायतमा १, अमेरिकामा १, बहराइनमा २, कुवेतमा १, र साउदी अरबमा १ जना नेपालीको ज्यान गएको उनले बताए ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु उनले जानकारी गराए छ । त्यस्र्तै संयुक्त अरब इमिरेट्स्ट यूएईंमा १९ जना नेपालीले ज्यान गुमाएका छन् ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ । त्यसैगरी साउदी अरबमा ८ जना, बहराइनमा ३ , कुवेतमा २, कतारमा १ जना, आयरल्याण्डमा १ , जापानमा १ , टर्कीमा १, नेदरल्याण्डमा १ , र स्वीडेनमा १ जनाको मृत्यु भएको छ ।

संयोजक डा सापकोटाले डिसी नेपाललाई दिएको जानकारी अनुसार नेपाल बाहेक १४ हजार ४ सय २५ जना नेपालीमा संक्रमण गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, यूएई, युके, साउदी अरब, कुवेत, बहराइन, मेलियसा, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानरमार, रोमनिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशमा नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ४ हजार ५ सयभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिए । यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।




प्रतिक्रिया

One thought on “कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका १ सय २१ नेपालीको मृत्यु, झण्डै १५ हजार संक्रमित

  1. what about Nepali who are working in Oman are they don’t count as Nepali or what???
    As far as I know in my surrounding there area 5 Nepalis who have been infected withCOVID 19 please collect pure data as in Oman also there are Nepali who are holding Nepali passport

Leave a Reply to Anjaan Cancel reply

Your email address will not be published. Required fields are marked *